अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत हरिनारायण मिश्रसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय, पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ बाट एकै नम्बरका दोहोरो/तेहोरो रजिस्ट्रेसन नम्बर राखी एकभन्दा बढी लिखतहरू पारित गरी बढी रकम रहेका लिखतहरूको रकम नबुझाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
आयोगका अनुसार मालपोत कार्यालय, पर्साका तत्कालीन चार मालपोत अधिकृतहरू हरिनारायण मिश्रविरुद्ध ३८ लाख ८० हजार ३६८ रुपियाँ, भूपबहादुर बोगटीविरुद्ध एक करोड दस लाख ६० हजार ५२४ रुपियाँ, पदमप्रसाद अर्यालविरुद्ध २१ लाख ३८ हजार १६९ रुपियाँ र सुरेन्द्रप्रसाद राव कुर्मीविरुद्ध ९९ लाख दश हजार ५१५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, तत्कालीन नायव सुब्बा स्वर्गीय किरणप्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राजकिशोर प्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतीप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायविरुद्ध दुई करोड ९३ लाख ६८ हजार ५६५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसुरमा फरक–फरक बिगो कायम गरी कैद र हिनामिना भएको बिगो रकमको दोब्बर जरिवाना हुन समेत मागदाबी लिइएको आयोगले जनाएको छ । गोरखापत्रअनलाइन
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...