बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
उनका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसइई परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
एक हजार ९६६ परीक्षा केन्द्र
एसइई परीक्षाका लागि देशभरका एक हजार ९६५ वटा र जापानमा एउटा गरी कुल एक हजार नौ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । उपनियन्त्रक ज्ञवालीले परीक्षामा ११ हजार ३७० विद्यालयका विद्यार्थी सहभागी हुने जानकारी दिए ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । काठमाडौंका एक सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेका केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने छन् ।
उनले यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिए । एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको छ । २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थी परीक्षामा सहभागी रहेको उनको भनाइ छ ।
उनले भने, “हामीले एक पटक परीक्षा दिएर सफल हुन नसकेका विद्यार्थीलाई कम्तिमा तीन पटक मौका दिने गरेका छौँ । पहिलो पटक पास नभएका विद्यार्थीलाई पूरक मौका दिइन्छ । पूरकका पनि पास नभएका विद्यार्थीले तीन पटक परीक्षा दिन पाउँछ । २०७९ सालमा नियमित समूहबाट परीक्षा दिएर अहिलेसम्म सफल नभएका विद्यार्थीलाई परीक्षा फारम भर्ने अवसर दिएका थियौँ । त्यस्ता परीक्षार्थी पनि हुनुहुन्छ । यसवर्ष ग्रेडवृद्धिका ६५ हजार ८९५ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।”
बोर्डका अनुसार यस वर्ष कोशी प्रदेशमा ८२ हजार ४८७, मधेसमा ९० हजार २४३, बागमतीमा एक लाख नौ हजार ५१३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२, कर्णालीमा ३९ हजार ७६९ र सुदूरपश्चिममा ५४ हजार ६३५ परीक्षार्थी सहभागी हुँदैछन् । गोरखापत्रअनलाइन
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...