भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

“बर्दी लगाएर बदमासी गर्ने अधिकार कसैलाई पनि छैन”

  • ख्वपखबर
  • बैशाख २२, २०८२

प्रहरी वृत्त ठिमीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुंगानाले बर्दी लगाएर बदमासी गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । डिएसपी ढुंगानाले आज पत्रकारहरुसंगको भेटघाट तथा अन्तरक्रिया गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “यहाँ बर्दी लगाएर बदमासी गर्ने अधिकार कसैलाई पनि छैन ।” कसैले बदमासी गरेको पाइएमा आवश्यक कारवाही गरिने उहाँको भनाइ छ ।

समाजमा घटेका घटनालाई प्रहरीले मात्र समाधान गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले घटनाको खोज अनुसन्धान गर्न विभिन्न निकायसंग समन्वय गरी कार्य गर्न आवश्यक रहेको र सोही आवश्यकता अनुरूप समन्वय गरी आफ्नो कार्य अगाडी बढाउने विचार व्यक्त गर्नुभयो ।

डिएसपी नवराज ढुंगानाले अपराध मुक्त समाज बनाउन को निम्ति सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । “अपराध मुक्त समाज बनाउनको लागि हाम्रो तर्फबाट, हाम्रो प्रहरीको तर्फबाट सबैसँग हातेमालो गर्दै व्यवसायीक सम्बन्ध बनाएर अगाडि बढ्ने छौं ।”, डिएसपी ढुंगानाले भन्नुभयो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित