काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

प्रहरी वृत्त ठिमीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुंगानाले बर्दी लगाएर बदमासी गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । डिएसपी ढुंगानाले आज पत्रकारहरुसंगको भेटघाट तथा अन्तरक्रिया गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “यहाँ बर्दी लगाएर बदमासी गर्ने अधिकार कसैलाई पनि छैन ।” कसैले बदमासी गरेको पाइएमा आवश्यक कारवाही गरिने उहाँको भनाइ छ ।
समाजमा घटेका घटनालाई प्रहरीले मात्र समाधान गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले घटनाको खोज अनुसन्धान गर्न विभिन्न निकायसंग समन्वय गरी कार्य गर्न आवश्यक रहेको र सोही आवश्यकता अनुरूप समन्वय गरी आफ्नो कार्य अगाडी बढाउने विचार व्यक्त गर्नुभयो ।
डिएसपी नवराज ढुंगानाले अपराध मुक्त समाज बनाउन को निम्ति सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । “अपराध मुक्त समाज बनाउनको लागि हाम्रो तर्फबाट, हाम्रो प्रहरीको तर्फबाट सबैसँग हातेमालो गर्दै व्यवसायीक सम्बन्ध बनाएर अगाडि बढ्ने छौं ।”, डिएसपी ढुंगानाले भन्नुभयो ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...