भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

स्थानीय तहमा बढी सूचनाको हक हनन्

  • बैशाख २४, २०८२

राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त रत्न प्रसाद मैनालीले स्थानीय तहका जनप्रतिनिधिहरुले सूचनाको हकको बढी हनन् गर्ने गरिएको पाइएको बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रम आयुक्त मैनालीले सुचनाको हक प्रयोग सम्वन्धी संवैधानीक हकको बाधको रुपमा जनप्रतिनिहरु रहेको बताएका हुन् ।

उनले सबैभन्दा बढी सूचना स्थानीय तह संग माग हुने तर सुचना नै दिएन भन्ने उजुरी धेरै आयोगमा पर्ने गरेको बताए । सुचनाको हकको प्रयोग गर्दा व्यक्तीगत गोपनियतामा पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ । सार्वजनिक महत्वका सूचनाहरु सेवाप्रदायक कार्यालयमा सुचना माग गरेको १५ दिन भित्र सुचना दिनुपर्ने सविधानको ऐनमा व्यवस्था रहेको उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले संचारकर्मीहरु समाजका ऐनाका रुपमा रहेकाले सुचनाको सम्वाहकको रुपमा रहेको बताए । उनले जिल्लाका सार्वजनिक सेवा प्रदायक कार्यालयहरुमा सुचनाको हक कार्यान्वय गर्नमा जिल्ला प्रशासन लागि परेको जनाएका छन् ।

जिल्ला हुलाक कार्यालयका प्रमुख सिता साम्वाले भक्तपुरका ५५ वटा कार्यलयमा सुचना अधिकारी तोक्न ताकेता गर्दा जम्मा ५० प्रतिशतले मात्र सुचना अधिकारी तोकेको जनाइन्। समयमै सुचना नदिने अधिकारीलाई ५ हजार देखि २५ हजार रुपैया सम्म जरिवाना गर्ने ऐनमा व्यवस्था भएको उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहका सुचना अधिकारीहरुको सहभागिता रहेको थियो । असम्वन्धी व्यक्तीहरुले अभियन्ताको नाममा सुचनाको हकको दुरुपयोग गरि दुख दिने गरेकाले उनीहरुलाई पनि कारवाही गर्नु पर्ने माग अधिकारीहरुले राखेका थिए ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित