भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

ताथलीको दुर्घटनामा एक जनाको मृत्युु, एक घाइते

  • ख्वपखबर
  • बैशाख २५, २०८२

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित ताथलीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार दुईवटा मोटरसाइकल एउटा स्कुटर एकआपसमा ठक्करखादा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका हुन् ।


मृत्युु हुनेमा प्रदेश ३-०२-०१४प ५०४३ नं.को स्कुटर चालक चाँगुनारायण न.पा.९ सुडाल सौडोल बस्ने १७ बर्षिय रिजन फुयाजु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिएका छन् । उनकाे अनुसार घाइते भएका फुयाजुको उपचारकाे क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएकाे हो ।


बा.प्र.०२-०३६प ५३२७ नं.को मोटर साईकल चालक नुवाकोट शिबपुरी गा.पा.२ घर भई हाल काठमाडौं बस्ने बर्ष ४० को बिरे तामाङकाे ख्वप अस्पताल च्यामासिंहमा उपचार भैरहेको प्रमुख प्रहरी उपरिक्षक बुढाथाेकीले जानकारी दिए । उनका अनुसार तीन वटै सवारी साधन र ठक्कर दिने बा ९१ प ८४१२ नं.को मोटर साईकल चालक भारत घर भई हाल काभ्रे बनेपा बस्ने २४ वर्षको ईजार आलम बृत्त जगातीको नियन्त्रणमा रहेकाे छ ।


आज बिहान च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा ९१ प ८४१२ नं.को मोटरसाईकलले बिपरित दिशाबाट आँउदै गरेको प्रदेश ३-०२-०१४प ५०४३ नं.को स्कुटरलाई ठक्कर दिदा नालाबाट च्यामासिंह तर्फ आँउदै गरेको बा.प्र.०२-०३६प ५३२७ नं.को माेटरसाईकल र स्कुटर ठक्कर खाइ दुर्घटना भएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित