भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु
- बैशाख २२, २०८३
- ख्वपखबर
भक्तपुरमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको...

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा गएको अनुगमन टोलीले भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैंजुलाई पाँच हजार रुपैयाँ जरिवाना गराएको छ । अध्यक्ष सैंजुलाई जु जु धौमा नभई लालमोन तथा गुडपाकमा सो जरिवाना गरएको हो ।
अनुगमन टोलीले लालमोन तथा गुडपाकमा उत्पादन मिति नराखेको भन्दै जरिवाना गराइएको खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार अनुगमन टोलीले जरिवानाका साथै तीन दिन भित्र नगरपालिकामा दाखिल गर्न समेत आग्रह गरेको हो ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले सात दिन भित्र सबै कागजातहरु लिएर बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । त्यसका साथै सरसफाईमा ध्यान दिन र लेबल सच्याइ सुधार गर्न समेत निर्देशन दिएको खाद्य निरीक्षण अधिकारी पौडेलले जानकारी दिएका छन् ।
लक्ष्मी दहि भण्डार व्यासि जहाँ दहिमा अखाद्य वस्तु भेटियाे भनेर सामाजिक संजालमा भईरल भएकाे थियाे , उक्त पसलमा पनि अनुगमन टाेलिले अनुगमन गरेकाे थियाे । अनुगमनका क्रममा सरसफाईमा ध्यान दिनुपर्ने , लेवल विवरण र मूल्य विवरण लगाएतका विवरण दहिमा नभएकाले राख्नुपर्ने खाद्य तथा गुण नियन्त्रण विभागका निरिक्षक सराेज पौडेलले बताए ।
उक्त दुई वटै पसलवाट नमुना परिक्षणका लागि दुईवटा दहि ल्याव टेस्टका लागि लगएकाे छ । १०दिन भित्र नतिजा आउने र नतिजा अनुसार सुधार गर्नुपर्ने तथा अखाद्य बस्तु भेटिए खाद्य ऐन अन्तरगत कारवाही गर्ने जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भक्तपुर नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतको सम्मिलित टोलीले भक्तपुर नगरपालिकामा रहेका दही उत्पादन तथा विक्रि पसलहरुमा अनुगमन गरिएको थियो ।
भक्तपुरमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ आदर्शस्थित अरनिको...
भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ दुधपाटी स्थित जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरलाई सुरक्षा...
भक्तपुर, मध्यपुर थिमी नगरपालिकाले बिस्का: जात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार...