बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. नदन कँडेलले आयुर्वेदिक उपचारप्रति मानिसको विश्वास बढेको र बिरामीको संख्या वार्षिक रूपमा बढिरहेको जानकारी दिएका छन् । बिहिबार केन्द्रले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख कँडेलले आयुर्वेदिक उपचारले कुनै पनि किसिम्को साइड इफेक्ट नहुने भएकाले वार्षिक रूपमा बिरामीको संख्या बढिरहेको बताएका हुन् ।
प्रमुख कँडेलले केन्द्रको भौतिक समस्या भए पनि केन्द्रले बिरामीलाई निःशुल्क उपचार सेवा दिदै आएको बताए । उनले केन्द्रमा उपचार गराउन आउने बिरामीको लागि टिकटदेखि २३ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जनाए ।
उनका अनुसार, केन्द्रमा हालसम्म पनि कुनै पनि व्यवस्थापन समिति गठन नभएकाले टिकट समेत निःशुल्क गरिएको हो । ‘यहाँ टिकटदेखि सबै उपचार निःशुल्क छ ।,’ डा. कँडेलले भने, ‘पछि व्यवस्थापन समिति गठन भएर निर्णय भएमा सामान्य शुल्क लाग्न सक्छ ।’
केन्द्रले बिरामीको सहजताका लागि नाफारहित औषधि पसल पनि सञ्चालन गरेको छ। नेपालको मौलिक उपचार पद्धति आयुर्वेद राज्यको बेवास्ताका कारण ओझेलमा परेको गुनासो पोखे ।

विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...