भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

आयुर्वेदिक उपचारप्रति मानिसको विश्वास बढ्दाे

  • ख्वपखबर
  • असार १९, २०८२

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. नदन कँडेलले आयुर्वेदिक उपचारप्रति मानिसको विश्वास बढेको र बिरामीको संख्या वार्षिक रूपमा बढिरहेको जानकारी दिएका छन् । बिहिबार केन्द्रले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख कँडेलले आयुर्वेदिक उपचारले कुनै पनि किसिम्को साइड इफेक्ट नहुने भएकाले वार्षिक रूपमा बिरामीको संख्या बढिरहेको बताएका हुन् ।

प्रमुख कँडेलले केन्द्रको भौतिक समस्या भए पनि केन्द्रले बिरामीलाई निःशुल्क उपचार सेवा दिदै आएको बताए । उनले केन्द्रमा उपचार गराउन आउने बिरामीको लागि टिकटदेखि २३ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जनाए ।

उनका अनुसार, केन्द्रमा हालसम्म पनि कुनै पनि व्यवस्थापन समिति गठन नभएकाले टिकट समेत निःशुल्क गरिएको हो । ‘यहाँ टिकटदेखि सबै उपचार निःशुल्क छ ।,’ डा. कँडेलले भने, ‘पछि व्यवस्थापन समिति गठन भएर निर्णय भएमा सामान्य शुल्क लाग्न सक्छ ।’

केन्द्रले बिरामीको सहजताका लागि नाफारहित औषधि पसल पनि सञ्चालन गरेको छ। नेपालको मौलिक उपचार पद्धति आयुर्वेद राज्यको बेवास्ताका कारण ओझेलमा परेको गुनासो पोखे ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित