रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल
- भदौ १०, २०८३
- ख्वपखबर
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको नेतृत्वमा भक्तपुरमा हाल बन्दै गरेको सूर्यविनायकदेखि साँगासम्मको अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन ६ लेन सडकको स्थलगत अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा जिल्ला सुरक्षा निकायका प्रमुखहरू, सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, सम्बन्धित आयोजना प्रमुख, सम्बन्धित वडाका वडा अध्यक्षहरू, नेपाल विद्युत प्राधिकरण, ट्राफिक प्रहरी लगायतको संयुक्त टोलीले सूर्यविनायकदेखि साँगासम्मको अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन ६ लेन सडकको स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मनसुनको मौसमलाई ध्यानमा राख्दै सवारी आवागमन अवरुद्ध नहोस भनेर सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै, सडक निर्माणमा देखिएका विभिन्न अवरोधहरू हटाई निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित आयोजना र निर्माण व्यवसायीहरूलाई आवश्यक निर्देशन दिइएको हो ।
त्यसैगरी, सडक क्षेत्रमा अझै पनि स्थानान्तरण गर्न बाँकी रहेका विद्युतका पोलहरूका कारण निर्माणमा ढिलाई भईरहेको देखिएको हुँदा नेपाल विद्युत प्राधिकरणलाई तत्काल समन्वय गरी ती पोलहरू हटाउन प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट निर्देशन दिएका हुन् ।
स्थलगत अनुगमनपछि सहभागी सबै निकायहरूलाई समन्वयात्मक रूपमा काम गरी छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्नका लागि जोड दिएका थिए । अनुगमन टोलीको यस्तो सक्रियता सडक निर्माणको गति बढाउने तर्फ सकारात्मक संकेतको रूपमा लिइएको छ ।
बाढीका कारण भक्तपुरका स्वीटी फाजु बेपत्ता भएका छन् । उनी अपर त्रिशूली जलविद्युत आयोजनाको...
बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुले भक्तपुरको अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने...
भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ । सोमबार अपरान्न करिब...