भर्खरै :
वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित  | कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु | आन्दोलनमा लुटपाट गरिएको तस्बिर, भिडियो पठाउन प्रहरीको अनुरोध  | जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण  | गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै | बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने |

प्रजिअद्वारा ६ लेन सडक निर्माणको स्थलगत अनुगमन, तत्काल सुधारका लागि निर्देशन

  • ख्वपखबर
  • असार १८, २०८२

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको नेतृत्वमा भक्तपुरमा हाल बन्दै गरेको सूर्यविनायकदेखि साँगासम्मको अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन ६ लेन सडकको स्थलगत अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा  जिल्ला सुरक्षा निकायका प्रमुखहरू, सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, सम्बन्धित आयोजना प्रमुख, सम्बन्धित वडाका वडा अध्यक्षहरू, नेपाल विद्युत प्राधिकरण, ट्राफिक प्रहरी लगायतको संयुक्त टोलीले सूर्यविनायकदेखि साँगासम्मको अरनिको राजमार्ग अन्तर्गत निर्माणाधीन ६ लेन सडकको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मनसुनको मौसमलाई ध्यानमा राख्दै सवारी आवागमन अवरुद्ध नहोस भनेर सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै, सडक निर्माणमा देखिएका विभिन्न अवरोधहरू हटाई निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित आयोजना र निर्माण व्यवसायीहरूलाई आवश्यक निर्देशन दिइएको हो ।

त्यसैगरी, सडक क्षेत्रमा अझै पनि स्थानान्तरण गर्न बाँकी रहेका विद्युतका पोलहरूका कारण निर्माणमा ढिलाई भईरहेको देखिएको हुँदा नेपाल विद्युत प्राधिकरणलाई तत्काल समन्वय गरी ती पोलहरू हटाउन प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट निर्देशन दिएका हुन् ।

स्थलगत अनुगमनपछि सहभागी सबै निकायहरूलाई समन्वयात्मक रूपमा काम गरी छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्नका लागि जोड दिएका थिए । अनुगमन टोलीको यस्तो सक्रियता सडक निर्माणको गति बढाउने तर्फ सकारात्मक संकेतको रूपमा लिइएको छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित