भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

डेङ्गु महामारी नियन्त्रण गर्न खोज तथा नष्ट अभियान सुरु, ३५ जनामा डेङ्गु संक्रमण पुष्टि

  • ख्वपखबर
  • असार १७, २०८२

भक्तपुरमा डेङ्गु महामारी नियन्त्रण गर्न खोज तथा नष्ट अभियान सुरु गरेको छ। जनस्वास्थ्य कार्यालय भक्तपुरले मंगलबारदेखी सो अभियान सुरु गरेको हो ।

भक्तपुरमा यस वर्ष डेङ्गु महामारीको जोखिम बढेको भन्दै आजबाट जनस्वास्थ्य कार्यालय भक्तपुरको टोलीले मध्यपुर ठिमी नगरपालिकाबाट लामखुटेका लार्भा खोज तथा नष्ट अभियान सुरु गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले जानकारी दिएकी छिन् । प्रमुख खड्काले लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र पार्ने जनाइएकी छिन् ।

प्रमुख खड्काका अनुसार जनस्वास्थ्य अधिकृतको टोलीले मध्यपुर ठिमी नगरपालिकाको निकोसेरा स्थित विभिन्न कवारी सङ्कलन केन्द्र, मोटरसाइकल वर्कशप तथा काठ गोडामहरूमा लामखुट्टेको लार्भाग खोज्ने र नष्ट गर्ने अभियान थालेको हो । डेङ्गु सार्ने लामखुटेका लार्बाहरूले विशेषगरी पानी जम्ने ठाउँ टायर का भित्री भाग , पानी सङ्कलन गरिरहेका भाँडाहरू, र खाल्डाखुल्लीहरूमा जम्मा भएका लार्भाहरू नष्ट गरिएको हो ।

प्रत्येक ३ वर्षमा डेङ्गु संक्रमण डर उच्च रुपमा फैलिने भन्दै यो अभियान सुरु गरेको उनको भनाइ छ । विशेषगरी भक्तपुर र मध्यपुर ठिमी नगरपालिकामा पुराना तथा घना बस्ती रहेका कारण यस दुईवटा नगरपालिकाभित्र डेङ्गु संक्रमणको जोखिम उच्च रहेको उनले बताइन् ।

भक्तपुरमा हालसम्म ३५ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेको छ । अहिले पानी पर्ने सिजन भएका हुनाले लामखुट्टेलाई फुल पार्ने सिजनको रूपमा लिइन्छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित