भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

“भक्तपुर कला र संस्कृतिले भरिएको खुल्ला संग्रहालय हो ।”

  • ख्वपखबर
  • असार १७, २०८२

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले भक्तपुर कला र संस्कृतिले भरिएको खुल्ला संग्रहालय भएको बताएका छन् । मंगलबार राष्ट्रिय कला संग्रहालय भक्तपुरको ६५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम प्रजिअ पाण्डेले यस्तो बताएका हुन् ।

प्रजिअ पाण्डेले भने, “भक्तपुर कला र संस्कृतिले भरिएको खुल्ला संग्रहालय हो । यसको संरक्षण र सम्बद्र्धन तीन तहकै सरकारको साझा दायित्व हो ।” उनलेे मल्लकालीन अवस्थादेखि रहेका संग्रहालयका कला कृतिहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लानु आवश्यक भएको बताए ।

भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुर नगरपालिका र स्थानीय समुदायको ठूलो भूमिका रहेको उनको भनाइ छ ।

राष्ट्रिय कला संग्रहालय भक्तपुरमा हाल धातुकला, चित्रकला, प्रस्तरकला र काष्ठकलाका २१०० वटा कलात्मक वस्तु संग्रहित रहेका छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित