बिदासंगै सौराहामा पर्यटकको संख्या बढ्यो
- बैशाख २१, २०८३
- ख्वपखबर
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाको मुख्य...

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित सञ्चालन ‘फिस टनेल एक्स्पो २०८२’मा विद्यालयलाई विशेष छुट गरिएको छ । २० हजार भन्दा बढीले अवलोकन गरि सकेको सो एक्स्पोमा विद्यालयबाट अवलोकन गर्न आउनेलाई विशेष छुटको व्यवस्था गरिएको हो ।
औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोमा यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने आन्तरिक पर्यटनको प्रवद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने र स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन खोलिएको यस एक्स्पो सफल भईरहेको आयोजक संस्थाका अध्यक्ष सन्दीप महत जानकारी दिए ।
उनले एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको बताउँदै उनले भने, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सकिने उनले बताए । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।” दुर्लभ तथा रंगीन समुद्रमा पाइने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको उनको भनाइ छ ।
एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीव प्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम भएर हाल विभिन्न क्षेत्रबाट स्थानीय पर्यटनहरु आएर अवलोकन गरी राम्रै प्रतिक्रियाहरु दिनुभएको अध्यक्ष महत बताउछन् । साउन १० गते सम्म यस ‘फिस टिनेल एक्सपो’ सञ्चालन गरिने छ ।
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाको मुख्य...
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र...
गायक तथा र्यापर आश्मान केसीको ‘च्वाप्प मोइ’ गीत सार्वजनिक भएको छ । काठमाडाैंमा सार्वजनिक...