भर्खरै :
बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने | त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने | जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ । | भक्तपुरमा याँमता र मुपात्र जात्रा | अनधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह | अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ |

‘फिस टनेल एक्स्पो’मा विद्यालयलाई विशेष छुट

  • ख्वपखबर
  • असार २१, २०८२

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित सञ्चालन ‘फिस टनेल एक्स्पो २०८२’मा विद्यालयलाई विशेष छुट गरिएको छ । २० हजार भन्दा बढीले अवलोकन गरि सकेको सो एक्स्पोमा विद्यालयबाट अवलोकन गर्न आउनेलाई विशेष छुटको व्यवस्था गरिएको हो ।

औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोमा यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने आन्तरिक पर्यटनको प्रवद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने र स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन खोलिएको यस एक्स्पो सफल भईरहेको आयोजक संस्थाका अध्यक्ष सन्दीप महत जानकारी दिए ।

उनले एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको बताउँदै उनले भने, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सकिने उनले बताए । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।” दुर्लभ तथा रंगीन समुद्रमा पाइने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको उनको भनाइ छ ।

एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीव प्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम भएर हाल विभिन्न क्षेत्रबाट स्थानीय पर्यटनहरु आएर अवलोकन गरी राम्रै प्रतिक्रियाहरु दिनुभएको अध्यक्ष महत बताउछन् । साउन १० गते सम्म यस ‘फिस टिनेल एक्सपो’ सञ्चालन गरिने छ ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित