बिदासंगै सौराहामा पर्यटकको संख्या बढ्यो
- बैशाख २१, २०८३
- ख्वपखबर
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाको मुख्य...

भक्तपुरको राधेराधेमा सञ्चानमा रहेको फिस टनेल एक्स्पोमा करिब ३० हजार भन्दा बढि मानिसहरूले अवलोकन गरि सकेका छन् । १८ दिन देखि जारी रहेको सो एक्स्पोमा करिब ३० हजार भन्दा बढि मानिसहरूले अवलोकन गरि सकेको आयोजकले जनाएको हो ।
औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो साउन १० गतेसम्म हुनेछ ।
स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन हामीले यस्तो कार्यक्रम गरेका हौ, आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले भने ।

एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अवलोकन टनेल रहेको अध्यक्ष महतले जानकारी दिए ।
भक्तपुर फिस टनेल एक्स्पो’मा विद्यालयलाई विशेष छुट दिईने आयोजकले जानकारी दिएको छ । फिस टिनेल एक्सपोमा स्कुलले विद्यालयहरुलाई शैक्षिक अवलोकनमा ल्याएमा विशेष छुट दिइने व्यवस्था पनि आयोजकले जनाए ।
यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको हो । एक्स्पोको हाताभित्र अन्य मनोरञ्जनात्मक खेलहरुका साथै फुड स्टल समेत रहेका छन् ।

सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको संख्या बढ्न थालेको छ । जिल्लाको मुख्य...
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र...
गायक तथा र्यापर आश्मान केसीको ‘च्वाप्प मोइ’ गीत सार्वजनिक भएको छ । काठमाडाैंमा सार्वजनिक...