३० हजारले गरे फिस टनेल एक्स्पोको अवलोकन 

  • ख्वपखबर
  • असार २३, २०८२

भक्तपुरको राधेराधेमा सञ्चानमा रहेको फिस टनेल एक्स्पोमा करिब ३० हजार भन्दा बढि मानिसहरूले अवलोकन गरि सकेका छन् । १८ दिन देखि जारी रहेको सो एक्स्पोमा करिब ३० हजार भन्दा बढि मानिसहरूले अवलोकन गरि सकेको आयोजकले जनाएको हो ।

औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो साउन १० गतेसम्म हुनेछ । 

स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन हामीले यस्तो कार्यक्रम गरेका हौ, आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले भने । 

एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अवलोकन टनेल रहेको अध्यक्ष महतले जानकारी दिए । 

भक्तपुर फिस टनेल एक्स्पो’मा विद्यालयलाई विशेष छुट दिईने आयोजकले जानकारी दिएको छ । फिस टिनेल एक्सपोमा स्कुलले विद्यालयहरुलाई शैक्षिक अवलोकनमा ल्याएमा विशेष छुट दिइने व्यवस्था पनि आयोजकले जनाए । 

यहाँ राखिएका दुर्लभ तथा रंगीन समुद्रमा पाइने १ सय ६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको हो । एक्स्पोको हाताभित्र अन्य मनोरञ्जनात्मक खेलहरुका साथै फुड स्टल समेत रहेका छन् । 

Your email address will not be published. Required fields are marked *

सम्बन्धित