काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

भक्तपुर घरेलु तथा साना उद्योग संघले भक्तपुर जिल्लामा पदभार ग्रहण जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई स्वागत गरेको छ । सोमबार उद्यमी व्यवशायी विच परिचयात्मक कार्यक्रम गरि प्रजिअ पाण्डेलाई स्वागत गरिएको हो ।
कार्यक्रमको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डले भक्तपुर एउटा साँस्कृतिक र पर्यटकीय जिल्ला मात्र नभई अन्य जिल्ला भन्दा शान्त जिल्लाको रुपमा रहेको बताए ।प्रजिअ पाण्डेले आफ्नो कार्यकालमा भक्तपुर जिल्लाको शान्ति सुरक्षा लगायत आफुले सक्ने क्षेत्रमा यहाँका हरेक संघ संस्थासँग हातेमालो गर्दै जाने धारणा व्यक्त गरे । उनले यहाँको लघु घरेलु तथा साना उद्योग र यहाँका मौलिक उत्पादनलाई प्रवर्द्धन गर्न संघ सँग सहकार्य गर्ने विचार व्यक्त गरे । साथै प्रमुख जिल्ला अधिकारी पाण्डेले हरेक जिल्लाको पहिचान नै त्यहाँको यस्तै घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरु भएको जागिरको सिलसिलामा विभिन्न जिल्ला पुग्दा अनुभव गरेको जानकारी दिए ।
कार्यक्रममा संघका संस्थापक सदस्य एव नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले भक्तपुर घरेलु तथा साना उद्योग संघको स्थापना र यसको औचित्य माथि प्रकास पार्दै भक्तपुरको घर घरमा उत्पादन हुने अयला लाई गुणस्तर मापदण्द बनाई ब्राण्डिण गर्नुपर्ने र यसको लागि प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायमा यस बारे जानकारी गराउनु पर्ने धारणा राखे ।
गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिले भक्तपुरमा उत्पादन हुने मौलिक उत्पादनलाई आन्तरिक तथा बाह्य पर्यटकसँग जोडी प्रवर्द्धन गर्न गो लोकल कार्यक्रम संचालन गरिरहेको जानकारी गराएका थिए । साथै नेपाल सरकारले महिला उद्यमी सहुलियत कर्जामा प्रदान गरीने व्याज अनुदान विगत १६ महिना देखि पाउन नसकेको हुँदा सम्बन्धित निकायमा पहल गरिदिन उनले अनुरोध गरे । बिगत देखि नै नेपाल सरकारले स्वदेशी बस्तु उपयोगिता निर्देशिका ल्याएता पनि प्रभावकारी रुपमा संचालन नभएको कारण प्रमुख जिल्ला अधिकारीको पहल भक्तपुरबाट कार्यान्वयन गर्न सके उदाहरणीय बन्ने उनको भनाइ थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुर घरेलु तथा साना उद्योग संघले अनौपचारिक रुपमा संचालन गरी रहेको उद्योग व्यवसायलाई सम्बन्धित निकायमा दर्ता नविकरण लगायत कार्यमा सहजीकरण गरिरहेको र लघु घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न समय समयमा तालिम गोष्ठी सचेतना कार्यक्रमको साथै मेला महोत्सव गरिरहेको जानकारी दिए ।
संघका अध्यक्ष तथा कार्यक्रमका सभापति श्यामसुन्दर श्रेष्ठले भक्तपुर घरेलु तथा साना उद्योग संघको स्थापना क्रियाकलाप र विगत देखि जिल्ला प्रशासन कार्यालयसँग संघको सहकार्य बारे जानकारी गराए ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका पदेन उपाध्यक्ष तथा सुर्यविनायक नगर समितिका संयोजक दयाराम मचामसी नेपाल सरकारबाट उत्कृष्ट कृषक २०८१ बाट सम्मानित हुनु भएकोमा बधाई ज्ञापन गरियो भने संघका सचिव श्रीजना कक्षपति तथा महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले महिला उद्यमीहरुको उत्थानको लागि संघले खेलको भुमिका बारे चर्चा गरेका थिए ।
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...