बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान
- भदौ ११, २०८३
- नारायण थापा
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...

भक्तपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भएको छ । आज जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा भक्तपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भएको हो ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । यो सँग बागमति प्रदेशका १० जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भइसेकेको मन्त्री थापाले बताए ।
स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि भक्तपुर, सुर्यविनायक, मध्यपुुर र चाँगुनारायण नगरपालिकालाई पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो ।
मन्त्री थापाले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको जानकारी गराए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले खोप सुनिश्चिततालाई दिगोपन बनाउन चुनौती रहेको बताउँदै कोही पनि खोपबाट छुट्न नहुने जनाए । खोप प्रभावकारी हुँदा बालमृत्युदर हरेक वर्ष कम हुँदै गएको बताउँदै उनले नियमित खोप कार्यक्रमको प्रभावकारीले ८० प्रतिशत बाल मृत्युदर घटेको उनले बताए ।
जन्मेदेखि १५ महिना सम्म खोप लगाएका बालवालिका हरु जो १६ महिना देखि २३ महिना सम्म पुगे उनीहरुलाई अध्ययन तथा अनुगमण गरि जिल्ला लाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषण गरिएको हो ।
विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरको चागुनारायण नगरपालिकाको सभाहलमा रसुवामा आएको बाढिबाट घाइते...
जनस्वास्थ्य कार्यालय भक्तपुरले डेंगु रोग नियन्त्रण गर्न सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।...
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...