त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द, कार्तिक ११ गतेदेखि पुनःसंचालन गरिने
- भदौ २६, २०८२
- ख्वपखबर
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान...
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले सरकारले विपन्न र असहाय नागरिकलाई पूर्णरूपमा निःशुल्क उपचार गर्दै आएको बताएका छन् । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा शनिबार भक्तपुरमा आयोजित चालू आर्थिक वर्षमा भएगरेका कामकारवाही र स्वास्थ्य प्रवर्द्धन सेवासम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि पैरवी कार्यक्रमको समापन समारोहमा मन्त्री थापामगरले यस्तो बताएका हुन् ।
स्वास्थ्यमन्त्री थापामगरले भने, “स्वास्थ्यसेवामा आम नागरिकको पहुँच हुनुपर्ने प्रथम आवश्यकतालाई दृष्टिगत गरेर प्रदेश सरकारद्वारा सञ्चालित १३ वटा अस्पतालको स्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरेर स्तरीय उपचार सेवा उपलब्ध गराइरहेका छौं । यसको अतिरिक्त प्रदेशकै काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका नागरिकलाई आँखालगायतका उपचार सेवामा सहयोग पुर्याएर सरकारले आफ्नो दायित्व पूरा गरेको अवगत गराउन चाहन्छु ।”
उनले पहिले सरकारी अस्पताल भने पछि नाक खुम्चयाउने गरिन्थ्यो तर अहिले सरकारी अस्पतालबिच आन्तरिक प्रतिस्पर्धा भएर नागरिकले सरल र सहज एवं स्तरी उपचार सेवा पाइरहेको उल्लेख गरे । मन्त्री थापामगरले प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालहरूको भौतिक पूर्वाधारहरू बदल्ने कार्य भएको चर्चा गर्दै भने, “काठमाडौंको टोखा अस्पतालमा चौबीसै घन्टा सञ्चालन गरिएको र ललितपुरको बज्रवाराही अस्पतालको भौतिक स्वरूप बदलिएर एक नयाँ स्तरी अस्पताल बनाउनेतर्फ प्रदेश सरकार अगाडि बढिसकेको छ ।”
उनले प्रदेश अस्पतालमध्ये भक्तपुर अस्पताललाई विशेषज्ञहरूले भरिपूर्ण विशेष अस्पतालमा परिणत गर्ने सरकारको योजना एवं सोचाइअन्तर्गत केही उल्लेखनीय कार्य भइरहेको जानकारी गराए । मन्त्री थापामगरले एकातिर अस्पतालको भौतिक पूर्वाधार सुधार र व्यवस्थित गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अस्पतालका लागि चाहिने प्राविधिक र औजारको व्यवस्थापन गर्नुपर्ने हुनाले प्रदेश सरकारले सीमित स्रोत र साधनको अत्यधिक सदुपयोग गरेर प्रदेशका नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
सरकारकै क्रियाशीलताका कारण अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढिरहेकाले अस्पतालका शय्या, दक्ष जनशक्ति, औषधिलगायत स्वास्थ्य उपकरणको व्यवस्था पहिलेभन्दा धेरै राम्रो भएकाले सरकारी अस्पतालमा अहिले जनताको विश्वास बढेको उनको भनाइ छ । मन्त्री थापाले प्रदेश सरकारले आयुर्वेद उपचार पद्धतिअनुरूप जिल्ला आयुर्वेद अस्पतालमा २३ प्रकारका औषधि वितरण गरिरहेको र आउँदो आर्थिक वर्षदेखि वितरण गर्ने औषधिहरू पनि प्रदेश सरकारले नै उत्पादन गर्ने जानकारी दिए ।
उनले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गाभेर एकीकृत स्वास्थ्य निकारका रूपमा विकास गरेर अब छिट्टै नर्सिङ कोर्स र एमडी पढाई सुरु गर्ने जानकारी दिए ।
श्रमजीवि पत्रकारहरूको स्वास्थ्य बीमा
मन्त्री थापा मगरले प्रदेश सरकारले सांकेतिक रूपमा श्रमजीवि पत्रकारहरूको स्वास्थ्य बीमा गर्नेतर्फ कार्यक्रम अगाडि बढाइरहेको जानकारी दिँदै भने, “जिल्ला–जिल्लामा रहेका स्वास्थ्य केन्द्र, चौकीहरूमा प्राथमिक उपचारका लागि चाहिने सम्पूर्ण स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्थापन गर्न सरकार प्रयत्नशील रहेको छ । अहिले सर्नेभन्दा पनि नसर्ने रोगबाट जनसाधारण बढी प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गरेर सरकारले नसर्ने रोगको नियन्त्रण र उपचार पद्धतिमा बढी ध्यान दिइरहेको छ ।”
उनले पत्रकारहरूलाई सरकारले गरेका राम्रा कामको उजागर गर्न र नराम्रा कामको विरोध गरेर लेख्न पनि अनुरोध गरे ।
कार्यक्रममा बागमती प्रदेश सरकारको स्वास्थय मन्त्रालयका सचिव डा. समित्रा गौतमले प्रदेश सरकारको वार्षिक प्रगति विरवरणका साथै स्वास्थ्य नीतिका सम्बन्धमा विस्तृत प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा डेंगु रोगका सम्बन्धमा सचेतना फैलाउन स्वास्थ्यकर्मी र मिडियाकर्मीको भूमिका अपेक्षित रहेको चर्चा गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान...
भक्तपुर, जेन्यूइन सेकेण्डरी स्कूलले ‘जेस संस्कृति सम्पदा सिरपा २०८२’ प्रदान गर्ने गर्ने भएको छ...
भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोट भक्तपुरमा “हाम्रो सेरोफेरो तथा सामाजिक विषयक प्रदर्शनी–२०८२” सम्पन्न...