भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरमा याँमता र मुपात्र जात्रा

  • ख्वपखबर
  • भदौ २५, २०८२

भक्तपुरमा याँमता र मुपात्र जात्रा सुरु भएको छ ।ईन्द्रजात्राको अवसरमा भक्तपुरमा मनाइने यो जात्रा मंगलबारबाट सुरु भएको हो ।

विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ । याँमता(आकश दीप) त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै देखिने सो दीपको आकश तिर फार्काएर तीन वटा टुप्पामा बत्ती बालिने गर्दछ ।

तचपालस्थित सँला गणेशबाट याँमता बाली नगर परिक्रमा गराइन्छ । साथै सँला गणेशलाई खटमा राखी नगर परिक्रममा गराई सँला गणेशको जात्रा पनि गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको टोलहरूमा परिक्रमा गराइन्छ । 

oppo_0

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ लगाई सिँगारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा गराउने चलन छ । नगर परिक्रमा गर्दा नगरको टोलटोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीन पटक घुमेर तरबारले हान्ने गर्छन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित