भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

जिल्ला सुरक्षा समितिको बैठकले गरेको पाँच बुँदे निर्णय यस्तो छ ।

  • ख्वपखबर
  • भदौ २५, २०८२

जिल्ला सुरक्षा समितिको बैठकले पाँच बुँदे निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज बसेको बैठकले पाँच बुँदे निर्णय गरेको हो ।

बैठकले जेनजी आन्दोलनले सरकारी कार्यालयमा भएको क्षतिको विवरण संकलन गरी आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्ने, जिल्लामा रणनीतिक रूपमा संयुक्त गस्ती तथा चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।

साथै, विगतदेखि रहेका प्रहरी वृत्त, चौकी तथा अस्थायी चौकीहरूको प्रभावकारिता हेरी आवश्यकताअनुसार स्थानान्तरण वा नयाँ व्यवस्था गर्ने भएको छ ।

जिल्ला सुरक्षा समितिले स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायलाई आवश्यक सहयोग पुर्‍याउने र सुरक्षासम्बन्धी सेवा तथा सुझाव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

Your email address will not be published. Required fields are marked *

सम्बन्धित