तोकिए कै समयमा एसइईको नतिजा सार्वजनिक
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ । मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी सम्पूर्ण पठन पाठन कार्य बन्द गर्ने निर्णय गरिएको सूचना मार्फत जनाइएको हो ।
त्रिभुवन विश्वविद्यालयले नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने पनि यसै सूचनामार्फत जनकती दिएको छ ।
“मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन कार्य वन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।” सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...
कक्षा १२ को परीक्षा सुरु भएको छ । सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु...
विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र...