काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु
- अशोज १८, २०८३
- ख्वपखबर
नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...

गृह मन्त्रालयले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध गरेको जनाएका छन् ।
“वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुवान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतीसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु वाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालय हार्दिक अनुरोध समेत गर्दछ ।”, उनले एक सूचना मार्फत भनेका छन् ।

नेपालका ऐतिहासिक लिपिहरूको समृद्ध सांस्कृतिक सम्पदा र समकालीन अक्षर कला (क्यालिग्राफी) को संरक्षण तथा...
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. ७ गोमारी, यातामा हुने भएको...
भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको...