अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

गृह मन्त्रालयले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षा समेत भैरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध गरेको जनाएका छन् ।
“वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुवान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतीसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी २०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु वाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालय हार्दिक अनुरोध समेत गर्दछ ।”, उनले एक सूचना मार्फत भनेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...