अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ
- भदौ २४, २०८३
- ख्वपखबर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकले आठ निर्णय गरेको छ । आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकले आठ निर्णय गरेको हो ।
कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टका अनुसार मिति २०८२ असोज १९ गते आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक गरेको आठ निर्णयहरू यसप्रकार रहेका छन् ।
निर्णय नं. १: मिति २०८२ असोज १७ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा भारी मात्रामा परेको अविरल वर्षा र त्यसबाट घटेका घट्नाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाका मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
निर्णय नं. २ः स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने ।
निर्णय नं. ३ः अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने ।
निर्णय नं. ४ः विपद्धन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने ।
निर्णय नं. ५ः विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनर्स्थापना सम्बन्धी कार्य यथाशीघ्घ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गर्ने ।
निर्णय नं. ६ः प्राधिकरणको मिति २०८२ असोज १८ गतेको सूचना बमोजिम विपजन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने सवारी साधन संचालनमा रोक लगाइएकोमा देहाय बमोजिम गर्ने ।
(क) अवरुद्ध सडकहरुको मर्मत सम्भार गरी तत्काल सडक सूचारु गर्न सडक विभागलाई लेखी पठाउने ।
(ख) अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने ।
(ग) अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग/सडकमा रात्रीकालीन बस सेवा संचालन नगर्न/नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने ।
निर्णय नं. ७ः अवरुद्ध खानेपानी, विद्युत, संचार लगायतका अत्यावश्यक सेवाहरु संचालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसंचार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र आवश्यक कार्य गर्न लेखी पठाउने ।
निर्णय नं. ८ : मनसुनजन्य विपद्का घटनाहरुको खोज, उद्धार, राहत तथा प्रतिकार्यको क्रममा खटिनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, जनसमुदाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र, सञ्चारकर्मीलगायत सम्बद्ध पक्षलाई धन्यवाद् दिने ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने बताएका...
रसुवाको भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका चाँगुनारायण–९ निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र...
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै...