मनसुन प्रतिकार्य कमाण्डले गर्यो आठ निर्णय

  • ख्वपखबर
  • अशोज १९, २०८२

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकले आठ निर्णय गरेको छ । आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकले आठ निर्णय गरेको हो ।

कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टका अनुसार मिति २०८२ असोज १९ गते आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक गरेको आठ निर्णयहरू यसप्रकार रहेका छन् ।

निर्णय नं. १: मिति २०८२ असोज १७ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा भारी मात्रामा परेको अविरल वर्षा र त्यसबाट घटेका घट्‌नाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाका मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

निर्णय नं. २ः स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने ।

निर्णय नं. ३ः अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्‌का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने ।

निर्णय नं. ४ः विपद्धन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने ।

निर्णय नं. ५ः विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनर्स्थापना सम्बन्धी कार्य यथाशीघ्घ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गर्ने ।

निर्णय नं. ६ः प्राधिकरणको मिति २०८२ असोज १८ गतेको सूचना बमोजिम विपजन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने सवारी साधन संचालनमा रोक लगाइएकोमा देहाय बमोजिम गर्ने ।

(क) अवरुद्ध सडकहरुको मर्मत सम्भार गरी तत्काल सडक सूचारु गर्न सडक विभागलाई लेखी पठाउने ।

(ख) अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने ।

(ग) अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग/सडकमा रात्रीकालीन बस सेवा संचालन नगर्न/नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने ।

निर्णय नं. ७ः अवरुद्ध खानेपानी, विद्युत, संचार लगायतका अत्यावश्यक सेवाहरु संचालन गर्न क्रमशः खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसंचार प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले यथाशीघ्र आवश्यक कार्य गर्न लेखी पठाउने ।

निर्णय नं. ८ : मनसुनजन्य विपद्‌का घटनाहरुको खोज, उद्धार, राहत तथा प्रतिकार्यको क्रममा खटिनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय प्रशासन, स्वयंसेवक, जनसमुदाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र, सञ्चारकर्मीलगायत सम्बद्ध पक्षलाई धन्यवाद् दिने ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित