भर्खरै :
वागिश्वरीमा दोस्रो मध्य त्रैमासिक परीक्षा स्थगित  | कान्तिपुर टेलिभिजनको नियमित प्रसारण पुनःसुचारु | आन्दोलनमा लुटपाट गरिएको तस्बिर, भिडियो पठाउन प्रहरीको अनुरोध  | जेन-जी प्रदर्शन: पोस्टमार्टम गरेर शव हस्तान्तरण  | गृह मन्त्रालयको भवनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रूपमा व्यवस्थापन गरिदै | बीमा दाबीलाई छिटो र सहज बीमा प्राधिकरणको निर्देशन | हालसम्म जेनजी आन्दोलनमा परी ३४ जनाको मृत्यु | संवैधानिक दायरामा रहेर निकास दिन आफू लागि परेको राष्ट्रपति पौडेलको भनाइ | ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन | पुलु: किसी जात्रा; औपचारीकता मात्र पूरा गरिने |

भक्तपुरमा दुईदिने घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु

  • ख्वपखबर
  • जेष्ठ १६, २०८२

भक्तपुरमा दुईदिने घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा उद्योग वाणिज्य कार्यालयको सहकार्यमा भक्तपुरको नःपुखु परिसरमा दुईदिने घरेलु उत्पादन प्रवर्द्धन मेला २०८२ सुरु भएको हो ।

सो मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नु भएको थियो । मेलाको उद्घाटन गर्दै उहाँले भक्तपुरको कला संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउने उद्देश्य लिएर भक्तपुर नपाले भक्तपुर महोत्सव सम्पन्न गरेको बताउनुभयो ।


भक्तपुर अहिले पर्यटकीय नगरको रुपमा विकास भइरहेको र वर्षेनी करिब ३ लाख विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गरेको तथ्यांक उल्लेख गर्दै उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाउनुभयो ।

विश्व व्यापार संगठनमा नेपाल सदस्य भएपछि घरेलु तथा साना उद्योगहरु ओझेलमा पर्दै आएको बताउँदै विदेशी सामानको आयातले घरेलु उद्योगहरु मारमा परेको उहाँको भनाइ छ ।


उद्यमीहरुबीच स्वस्थ प्रतिस्पर्धाको खाँचो रहेको तर्क राख्दै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके युवा विदेशिने क्रम रोकिने बताउनुभयो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित