भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

भक्तपुरमा दुईदिने घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु

  • ख्वपखबर
  • जेष्ठ १६, २०८२

भक्तपुरमा दुईदिने घरेलु उत्पादन प्रवर्द्धन मेला सुरु भएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा उद्योग वाणिज्य कार्यालयको सहकार्यमा भक्तपुरको नःपुखु परिसरमा दुईदिने घरेलु उत्पादन प्रवर्द्धन मेला २०८२ सुरु भएको हो ।

सो मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नु भएको थियो । मेलाको उद्घाटन गर्दै उहाँले भक्तपुरको कला संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउने उद्देश्य लिएर भक्तपुर नपाले भक्तपुर महोत्सव सम्पन्न गरेको बताउनुभयो ।


भक्तपुर अहिले पर्यटकीय नगरको रुपमा विकास भइरहेको र वर्षेनी करिब ३ लाख विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गरेको तथ्यांक उल्लेख गर्दै उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाउनुभयो ।

विश्व व्यापार संगठनमा नेपाल सदस्य भएपछि घरेलु तथा साना उद्योगहरु ओझेलमा पर्दै आएको बताउँदै विदेशी सामानको आयातले घरेलु उद्योगहरु मारमा परेको उहाँको भनाइ छ ।


उद्यमीहरुबीच स्वस्थ प्रतिस्पर्धाको खाँचो रहेको तर्क राख्दै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके युवा विदेशिने क्रम रोकिने बताउनुभयो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित