तोकिए कै समयमा एसइईको नतिजा सार्वजनिक
- बैशाख २९, २०८३
- ख्वपखबर
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ चोखाविनायकमा अवस्थित रोम्बस सेकेण्डरी स्कूलले अब उच्च शिक्षाका कक्षाहरु सम्चलन गर्ने भएको छ । भक्तपुर नगरपालिकाबाट चाँगुनारायण नगरपालिकामा स्थानान्तरण भएसंगै चानपाले उच्च शिक्षा सञ्चालन गर्ने अनुमति दिए पश्चात् उच्च शिक्षाको लागि भर्ना आह्वान गरिएको हो ।
अन्तर्राष्ट्रिय मानक चिह्न(आइएसओ) प्राप्त गरेको रोम्वस सेकेण्डरी स्कूलले यसै वर्षदेखि कक्षा ११ सञ्चालन गर्ने भएको छ । नगरपालिकाको निर्णयलाई आत्मसात गर्दै यसै वर्षदेखि कक्षा सञ्चालन तयारी गरेको विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुले बताउनुभयो । उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाको २०८१ साल चैत्र २८ गतेको कार्यपालिका र शिक्षा समितिको निर्णयानुसार हामीले प्रमाणपत्र प्राप्त गरेका हौं । जस अनुसार यस वर्षदेखि हाम्रो विद्यालयमा व्यवस्थापन, कानून र मानविकी समूहका विभिन्न विषयहरुसहित कक्षा ११ संचालन गर्ने छौं ।”

प्रिन्सिपल डा. कोजुले शैक्षिक वर्ष २०८२ देखि कार्यान्वयन हुने गरी रोम्वस सेकेण्डरी स्कूललाई भक्तपुर नगरपालिकाबाट चाँगुनारायण नगरपालिकामा स्थानान्तरण गरिएको समेत जानकारी दिए । उहाँले कक्षा ११ सञ्चालनका लागि आवश्यक सम्पूर्ण भौतिक र शैक्षिक तयारी अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले कक्षा ११ शुभारम्भको अवसरमा रोम्वसमा भर्ना हुने पहिलो ५० जना विद्यार्थीलाई सम्पूर्ण शुल्कमा ५०% छुट दिने घोषणा समेत गर्नुभयो । यसका साथै विभिन्न संघ–संस्था, विद्यालय र स्थानीय तहबाट सिफारिस भई आएका विद्यार्थीलाई समेत छात्रवृत्ति दिइने उहाँको भनाइ छ ।
प्रिन्सिपल डा. कोजुले कक्षा ११ अध्ययनका लागि भक्तपुर छोडेर जानु पर्ने बाध्यतालाई न्युनीकरण गर्न विद्यालयले कक्षा ११ सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले भक्तपुरबाटै अन्र्तराष्ट्रिय स्तरको शिक्षा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी विभिन्न देशका विद्यालय र विश्वविद्यालयसँग भगिनी सम्बन्ध कायम गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग जोड्ने काम गरिरहेका छौं । रोम्वस गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध छ ।”

रोम्वस सेकेण्डरी स्कूल विगत ११ वर्षदेखि भक्तपुरको शैक्षिक उन्नयनका लागि निरन्तर कृयाशील छ । वि.सं.२०७० साल फागुन ७ गते विधिवत नामकरण गरी शैक्षिक वर्ष २०७१ देखि कक्षा संचालन गर्न थालेको यस विद्यालयमा ४७ जिल्लाका सात सय छ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा तोकिए...
कक्षा १२ को परीक्षा सुरु भएको छ । सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु...
विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र...