भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

एसइईमा ४ जिपिए ल्याएकी श्रेष्ठलाई कक्षा ११ र १२ पढ्न पूर्ण छात्रवृत्ति

  • ख्वपखबर
  • असार १७, २०८२

एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठले कक्षा ११ र १२ पढ्न पूर्ण छात्रवृत्तिमा पढ्न पाउने भएकी छिन् । भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापाले गरेको घोषणासंगै श्रेष्ठले पूर्ण छात्रवृत्तिमा पढ्न पाउने भएकी हुन् ।

भक्तपुरको इँटाभट्टामा अभिभावकसँगै बसेर सामुदायिक विद्यालयबाट परीक्षा दिई एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठकोबारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गरेका हुन् ।

सांसद थापाले भन्नुभयो, “गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु ।” सांसद थापाले आफनो सचिवालयमा गोमालाई भेटेर बधाई दिदै कक्षा ११ र १२ नासा कलेजमा पुर्ण छात्रवृत्तिमा पढाउने बताउनुभयो ।उहाँले आवश्यक शैक्षिक समाग्री तथा ड्रेसहरु समेत दिने बताउनुभयो ।

यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले गोमालाई एमविविएस पढ्न सहयोग गर्ने बाताउनुभयो । नगरप्रमुख खत्रीले गोमाको घरमै पुगेर उनको परिवारलाई हौसला दिदै आर्थिक अभावकै कारण गोमाको लक्ष्य नरोकिने प्रतिवद्धता जनाउनुभयो ।

रामेछापको खनियापानी स्थायी घरभएकी गोमा चार वर्षको उमेरदेखि भक्तपुरको इँटाभट्टामा अभिभावकसँग बसेर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित