घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड
- मंसिर २३, २०८२
- ख्वपखबर
चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी...
ह्याम्बर्ग, जर्मनीको ह्याम्बर्गमा संगम श्रेष्ठले शान्तिपूर्ण भेला/विरोध प्रदर्शन सफलतापूर्वक आयोजना गरेका छन् । जेन-जीको संयोजकत्त्व अपनाएका श्रेष्ठले स्वतन्त्र भएर कुनै पनि संस्था वा समूह वा क्लबको संलग्नता बिना नै सो प्रदर्शनको सुरुवात गरेका हुन् ।

भेलामा नेपाली जनतासँग ऐक्यबद्धता व्यक्त गर्न २०० भन्दा बढी सहभागीहरू एकसाथ आएको जर्मनी निवासी कुमार नापितले जानकारी दिएका छन् ।

सहभागीहरूले दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे र शान्तिपूर्ण सम्झनामा एकताबद्ध भएर उभिए । जसले विदेशमा रहेका नेपाली समुदायको सामूहिक करुणा र चासोलाई उजागर गरेको छ ।

यस्तो छ पूरा प्रेस विज्ञप्ति
नेपालमा हालसालै भएको युवा समुदाय जेन-जीले गरेको आन्दोलन र उनीहरुले उठाएका एजेन्डाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । युवा पुस्ताले सामाजिक न्याय, पारदर्शिता, समान अवसर र भ्रस्टाचारका बिरुद्ध उठाएको आवाजलाई हामी सम्मान र सर्मथन गर्दछौं ।
हिजो मिती ८ सेप्टेम्बर २०२५ का दिन जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भ्रष्ट नेताहरुको आदेशमा प्रहरीको गोली लागेर मृत्यु भएका युवाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
नेपालको भविष्य युवाहरूको हातमा छ । त्यसैले युबा वर्ग, नागरिक समाज र बुद्धिजिबी वर्ग सबै मिलेर शान्ति, संवाद र जवाफदेहीता मार्फत समाधान खोज्नु आजको आवश्यकता हो । राष्ट्रको सार्बजनिक सम्म्पतिको संरक्ष्यन गर्नु हामी सबैको कर्तब्य हो ।
मिति: ०९-सेप्टेम्बर २०२५
स्थान: हेम्बर्ग, जर्मनी


चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी...
भारतको गोवास्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइट क्लबमा आइतबार आगलागी हुँदा २५ जनाको...
बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात...