भर्खरै :
अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण | रसुवा बाढीमा परेका भक्तपुरका प्रजापतीको निधन | बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा वृहत रक्तदान | रसुवा बाढी: भक्तपुरका तीन जना सम्पर्कविहिन, खोजी कार्यमा सहयोगको अपिल | तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय | प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारीहरू सम्पर्कविहीन |

ह्याम्बर्गमा जेन-जीको शान्तिपूर्ण भेला/विरोध प्रदर्शन

  • ख्वपखबर
  • भदौ २६, २०८२

ह्याम्बर्ग, जर्मनीको ह्याम्बर्गमा संगम श्रेष्ठले शान्तिपूर्ण भेला/विरोध प्रदर्शन सफलतापूर्वक आयोजना गरेका छन् । जेन-जीको संयोजकत्त्व अपनाएका श्रेष्ठले स्वतन्त्र भएर कुनै पनि संस्था वा समूह वा क्लबको संलग्नता बिना नै सो प्रदर्शनको सुरुवात गरेका हुन् ।

भेलामा नेपाली जनतासँग ऐक्यबद्धता व्यक्त गर्न २०० भन्दा बढी सहभागीहरू एकसाथ आएको जर्मनी निवासी कुमार नापितले जानकारी दिएका छन् ।

सहभागीहरूले दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे र शान्तिपूर्ण सम्झनामा एकताबद्ध भएर उभिए । जसले विदेशमा रहेका नेपाली समुदायको सामूहिक करुणा र चासोलाई उजागर गरेको छ ।

यस्तो छ पूरा प्रेस विज्ञप्ति
नेपालमा हालसालै भएको युवा समुदाय जेन-जीले गरेको आन्दोलन र उनीहरुले उठाएका एजेन्डाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । युवा पुस्ताले सामाजिक न्याय, पारदर्शिता, समान अवसर र भ्रस्टाचारका बिरुद्ध उठाएको आवाजलाई हामी सम्मान र सर्मथन गर्दछौं ।

हिजो मिती ८ सेप्टेम्बर २०२५ का दिन जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भ्रष्ट नेताहरुको आदेशमा प्रहरीको गोली लागेर मृत्यु भएका युवाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

नेपालको भविष्य युवाहरूको हातमा छ । त्यसैले युबा वर्ग, नागरिक समाज र बुद्धिजिबी वर्ग सबै मिलेर शान्ति, संवाद र जवाफदेहीता मार्फत समाधान खोज्नु आजको आवश्यकता हो । राष्ट्रको सार्बजनिक सम्म्पतिको संरक्ष्यन गर्नु हामी सबैको कर्तब्य हो ।
मिति: ०९-सेप्टेम्बर २०२५
स्थान: हेम्बर्ग, जर्मनी

Your email address will not be published. Required fields are marked *

सम्बन्धित