आन्दोलनका ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
- चैत्र १४, २०८२
- ख्वपखबर
नयाँ सरकाराको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनका ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त...

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् ।
कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालको टोली शीतलनिवास पुगेको थिए ।
आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको शितल निवास स्रोतले बताएको छ ।
यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।
नयाँ सरकाराको पहिलो मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनका ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त...
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीलाई प्रहरीले भक्तपुरको...
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको कटुञ्जेस्थित निवासबाटै लेखकलाई पक्राउ गरेको...