भर्खरै :
काठमाडौँमा ‘नेपाल अक्षरा: नेपाल क्यालिग्राफी फेस्टिभल २०२६’ सुरु | भक्तपुरमा हुने “म्युजिक जात्रा-ख्वप:”मा पहिलो पटक कुम सागरको प्रस्तुति रहने | ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या गोमारी, यातामा हुँदै | भक्तपुरमा ख्वप आदर निकेतनको उद्घाटन | नेपाल भाषा पढ्ने ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण | अबको सम्पूर्ण ध्यान बाढी प्रभावित पुनर्स्थापनामा लगाउने मुख्यमन्त्री थापा मगरको भनाइ | कुशको शव बनाएर पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार | जोखिम बढेपछि तिब्बतमा उद्धार रोकियो | तिब्बतमा ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक लगाइयो | जनै पूर्णिमाको शुभकामनासंगै श्रद्धाञ्जली अर्पण |

पूर्वाधार अनुरुप‌को जनशक्ति आवश्यक: स्वास्थ्यमन्त्री पौडेल

  • ख्वपखबर
  • बैशाख ११, २०८२


जनसंख्या तथा स्वास्थ्यमन्त्री माननीय प्रदिप पौडेलले पूर्वाधार अनुरुप‌को जनशक्ति आवश्यक रहेको बताएका छन् । शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र‌को १३ औं स्थापना दिवस‌को अवसर पारेर आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले सो केन्द्रलाई जग्गा उपलब्ध गराएको चाँगुनारायण नगरपालिका स्थित जग्गा भिरालो जमिन रहेको उल्लेख गर्दै उनले अब पत्ति ढिलाई भयो भने यस केन्द्र अन्तै सरेर जान सक्ने आशंका व्यक्त गरेका छन् । उनले भने, “अब धेरै दिन लगाउनुभयो भने अब यो प्रत्यारोपण केन्द्र तपाईको नगरपालिकामा आउँदैन । यो प्रत्यारोपण केन्द्र अन्तै जान्छ ।”

यस केन्द्रलाई जग्गा उपलब्ध गराइदिन्छु, प्रत्यारोपण केन्द्र यहाँ ल्याइदिनु भन्नेको ताँती लागेको जनाएका छन् । स्वास्थ्यमन्त्री पौडेलले भने, “यो प्रत्यारोपण केन्द्र यहाँ ल्याईदिनु भन्नेको लाइन लागेको छ । हाम्रो नगरपालिका ल्याइदेउ, हामी जग्गा दिन्छौं, हामी प्रत्यारोपण केन्द्रसँग मिलेर पूर्वाधार बनाउँछौं भनेका छन्।”

Your email address will not be published. Required fields are marked *

सम्बन्धित